आज: १९ माघ २०८१, शनिबार | Sat, 01, Feb, 2025

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

गोकर्णेश्वर खबर२० श्रावण २०७९, शुक्रबार ०६:२४ मा प्रकाशित (२ साल अघि) २६२ पाठक संख्या

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।