आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र किमालचौरको आज उद्घाटन

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार १३:०७ मा प्रकाशित (२ साल अघि) ३७९ पाठक संख्या

६ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र किमालचौरको आज उद्घाटन भएको छ । गोनपा ६ नयाँबस्तिमा रहेको सर्वेश्वर मन्दिर प्राङ्गणमा आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य केन्द्रको उद्घाटन भएको हो ।

संघीय सांसद तथा प्रमुख अतिथी कृष्ण राईले स्वास्थ्य केन्द्रको उद्द्धाटन गरेका हुन् । उद्घाटन समारोह नगर प्रमुख दीपक रिसाल, उपमेयर सान्नानी लामाको विशेष आतिथ्यता तथा वडा अध्यक्ष नवराज लामाको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का पूर्व अध्यक्ष रमेश अर्याल, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु बच्चुराम शर्मा कुईकेल, प्रेम खड्का, मञ्जु पुडासैनी, वसन्ती नगरकोटी, नगरपालिकाका प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, लेखा प्रमुख रामजी रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य केन्द्रका प्रमुख रेखा श्रेष्ठले गरेकी थिइन् भनें कार्यक्रम सञ्चालन वडा सचिव चन्द्रप्रभा उपाध्यायले गरेकी थिईन् । सर्वेश्वर शहरी स्वास्थ्य केन्द्र. किमालचौर उद्घाटनको उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ ले निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ ।