आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

गोकर्णमा सोमबार बागमती गंगा आरति 

गोकर्णेश्वर खबर२८ असार २०७९, मंगलवार १०:३४ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

२८ असार, काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिरमा हिजो असार महिनाको अन्तिम सोमवार बागमती गंगा आरति भएको छ ।

सो कार्यक्रममा गोकर्णेश्वर वागमति गंगा आरती परिवारले स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

संघीय सांसद माननीय कृष्ण राईले नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायतका प्रतिनिधिहरुलाई रुद्राक्षको माला र शिवनामी लगाईदिएर बधाई तथा सम्मान गरे ।

यसैगरी संघीय सांसद कृष्ण राई र नगर प्रमुख दीपक रिसालले वडा अध्यक्षहरु मुरारी प्रसाद कुईकेल, जयराम महत, नारायण बहादुर सुवेदी, नवराज लामा, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा तथा वडा सदस्यहरुका साथै वागमति गंगा आरती परिवारका नव निर्वाचित कमिटिका पदाधिकारी, सदस्य लगायतलाई सम्मान गरेका थिए ।

गंगा आरतीको प्रमुख कर्ता नगर प्रमुख दीपक कुमार रिसाल रहेका थिए ।