आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

दुर्व्यसनबारे सँधैं सचेत रहन निवर्तमान मेयर सन्तोष चालिसेको आग्रह

गोकर्णेश्वर खबर२७ असार २०७९, सोमबार २२:४४ मा प्रकाशित (२ साल अघि) २८४ पाठक संख्या

२७ असार, काठमाडौं । लागू पदार्थ दुर्व्यसनबारे सँधैं सचेत रहन गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेले युवालाई आग्रह गरेका छन् ।

आज मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आयोजना गरेको लागू पदार्थ/औषध दुर्व्यसन विरुद्ध अभियान अन्र्तगत विद्यालय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले सो बताएका हुन् ।

दुर्व्यसनबाट बच्न साथीभाईले गर्ने आग्रहलाई लत्याएर युवा अगाडी बढ्न नसके दुर्व्यसनमा परेका साथिभाईले नै फसाउन सक्ने प्रति विशेष सचेत रहन चालिसेले आग्रह गरे । आफ्नै साथीहरु दुर्व्यसनका फसेर मरेका उदाहरण दिंदै उनले आफूले साथीभाईको आग्रह नमानेकै कारण दुर्व्यसनमा नफसेको भन्दै उनले दुर्व्यसनको आग्रहलाई युवा विद्यार्थीहरुले नो भन्न सक्नु पर्ने बताए ।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज काठमाडौं जिल्ला सभापति भगवान पुडासैनीको सभापतित्व तथा प्रथम मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गोकर्णेश्वरका प्रथम उपमेयर शान्ति नेपाल, बज्र कलेजका अध्यक्ष चन्द्रदीप लामा काजु, समाजका निवर्तमान सभापति उत्तम पुडासैनी, ओशोधारा प्रमुख आचार्य महेन्द्र भट्टराई, नेपाली कांग्रेसका युवा नेता श्रीराम चालिसे, नेकपा समाजवादीका नेता मन्दिर तिमल्सिना, तथा गोकर्णेश्वर नगरपमलिकाका वडा अध्यक्षहरु नारायण सुवेदी, नन्दलाल श्रेष्ठ, राजिव थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बज्र कलेजका अध्यक्ष चन्द्रदीप लामा काजुले प्रमुख अतिथी लगायतका सबै अतिथीहरुलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन वागमति सफाई अभियन्ता ईश्वर पुडासैनीले गरेका थिए ।