आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मेयर दिपक रिसालद्वारा इद उल पर्वको शुभकामना

गोकर्णेश्वर खबर२६ असार २०७९, आईतवार ०७:०१ मा प्रकाशित (२ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं– गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा नगरवासी तथा देश,विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

रिसालले सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका हुन्।

बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै मेयर दिपक रिसालले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएका छन्।