आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

सडक किनारामा निर्माण सामाग्री नराख्न कागेश्वरी मनोहरा ८ को सूचना

गोकर्णेश्वर खबर२१ असार २०७९, मंगलवार १५:५८ मा प्रकाशित (२ साल अघि) ४८४ पाठक संख्या

२१ असार, काठमाडौं । कागेश्वरी मनोहरा वडा नं. ८ ले सडक किनारामा निर्माण सामाग्री नराख्न आग्रह गरेको छ । वडा नं ८ भित्रका विभिन्न भित्री तथा मुल सडक किनारामा सञ्चालनमा रहेको व्यापार व्यवसाय तथा निर्माणाधीन घर टहरा लगायतले निर्माण सामाग्री थुपार्ने गरेका कारण यातायात आवागमनमा समस्या भएकोले सडक किनारामा निर्माण सामाग्री नराख्न सूचना जारी गरेको हो ।

निर्माण सामाग्री राखेको भए आजकै मितिदेखी हटाई यातायात आवागमनमा सहजिकरण गर्न आग्रह गर्दै सुचना अटेर गरि व्यापार व्यवसाय सञ्चालन गर्ने तथा निर्माण सामाग्री थुपार्ने कार्य निरन्तर गरेमा प्रहरी प्रशासनद्वारा कानून बमोजिम कारवाही गर्ने समेत जनाएको छ ।

जारी सूचनामा भनिएको छ – ‘कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ भित्र बसोवास गर्ने नागरिकहरुद्वारा यस वडा कार्यालयम पेश भएको गुनासो सम्बन्धमा बुझ्दा वडा नं ८ भित्रका विभिन्न भित्री तथा मुल सडक किनारामा सञ्चालनमा रहेको व्यापार व्यवसाय तथा निर्माणाधीन घर÷टहरा लगायतले निर्माण सामाग्री थुपार्ने गरेका कारण यातायात आवागमनमा समस्या भएको साथै पैदल यात्रुहरुलाई समस्या परेको बुझिएकोले जो जसद्वारा सडक किनारामा व्यापार व्यवसाय सञ्चालनमा रहेको साथै निर्माण सामाग्री सडक किनारामा थुपार्ने कार्य भएको छ सो व्यापार व्यवसाय तथा निर्माण सामाग्री आजकै मितिदेखी हटाई यातायात आवागमनमा सहजिकरण गरिदिनुहुन यसै सुचनाद्वारा सूचित गरिन्छ ।’