आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

२४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

गोकर्णेश्वर खबर१९ असार २०७९, आईतवार १७:३७ मा प्रकाशित (२ साल अघि) २६८ पाठक संख्या

काठमाडौं, असार १९ गते। पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा १४ गरेर ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

२४ घण्टामा ११ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ र र ९५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि मन्त्रालयले सार्वजनिक गरेको हो।

अहिले देशभर ३३३ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा ४७ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित छन्।