आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

ठुला करदातालाई कर बुझाउन गोकर्णेश्वर नगरपालिकाको सुचना

गोकर्णेश्वर खबर१३ असार २०७९, सोमबार १६:२५ मा प्रकाशित (२ साल अघि) ५९६ पाठक संख्या

१३ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ठुला करदातालाई कर बुझाउन सुचना जारि गरेको छ ।

नगरकार्यपालिकाको असार ९ गते बसेको बैठकको निर्णय अनुसार ठुला करदाताहरुले कर, शुल्क, दस्तुर बुझाउन आग्रह गर्दै आज सूचना प्रकाशन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको हस्ताक्षर रहेको सुचनामा भनिएको छ – ‘यस गोकर्णेश्वर नगरकार्यपालिकाको मिति २०७९/०३/०९ गते बसेको बैठकको निर्णय अनुसार यस नगरपालिका क्षेत्रभित्र सञ्चालित रिसोर्ट, पार्टी प्यालेस, सपिङ्ग कम्प्लेक्स, ठुला होटल, रेष्टुरेन्ट, शैक्षिक संस्था लगायतका ठूला करदाताहरुले प्रचलित कानून बमोजिम यस नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने कर, शुल्क, दस्तुर बुझाउन बाँकी रहेको देखिएकोले यसरी यस नगरपालिकालाई व्यवसाय कर, बहाल कर, सम्पत्ति कर लगायतका प्रचलित कानून बमोजिमको बुझाउनु पर्ने कर, दस्तुर, शुल्क यथाशीघ्र बुझाउनुहुन सम्बन्धित सबै करदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’