१ असार, काठमाडौं । मासिक १०० अभियान नेपालले भर्ना अभियान अन्तर्गत आज काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु स्थित तरुण मा.वि.मा अध्यनरत छात्रालाई सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई अध्ययनमा सहयोग गर्दै आएको अभियानले कक्षा ७ कि भावना भुजेललाई ५ हजार ७ सय सहयोग गरेको हो ।
भुजेलको आर्थिक अवस्था कमजोर भएकोले अभियानमा दिएको निवेदनको आधारमा सहयोग गरेको अध्यक्ष सञ्जय पोखरेलले बताए । भुजेललाई भर्ना, मासिक शुल्क वापत छात्रवृत्ति प्रदान गरेको हो ।
सहयोग हस्तान्तरणका क्रममा अभियानले आगामी वर्षमा पनि अध्ययनमा सहयोग गर्ने अध्यक्ष पोखरेलले बताए । भावना भुजेलले मासिक १०० अभियान नेपाललाई आफूले बनाएको चित्र उपहार दिईन् ।