३० ज्येष्ठ, काठमाडौं । बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
असार ४ गते शनिबार गोकर्णेश्वर वडा नं ५ को कार्यालय जोरपाटीमा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान बिहान १० बजेबाट हुनेछ ।
बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रीय समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमका संयोजक प्रविण घिमिरे रहेका छन् ।