३१ वैशाख, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।
अहिलेसम्म नेकपा एमालेका मेयरका उमेदवार मिठाराम अधिकारीले ७८७ मत प्राप्त गरेका छन् नेपाली कांग्रेसका मेयरका उमेदवार विनोद चालिसेले ४२८ मत प्राप्त गरेका छन् ।
यसैगरी, एकीकृत समाजवादीका उमेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो चिह्न लिएर उठेका सुमित खरेलले ३८ मत प्राप्त गरेका छन् ।