आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा पार्टी परित्याग

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २१:१६ मा प्रकाशित (२ साल अघि) ४०४ पाठक संख्या

कपिलवस्तु – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।

समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।
२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकताका रुपमा चिनिन्छन् । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।