आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

मस्तिष्काघातका कारण वडा कार्यालयमै वडाध्यक्षको निधन

गोकर्णेश्वर खबर८ चैत्र २०७८, मंगलवार १५:२९ मा प्रकाशित (२ साल अघि) १७१ पाठक संख्या

८ चैत, काठमाडौं । मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण लामाको निधन भएको हो ।

वडा कार्यालयमा बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बम्जनले बताए । लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।

लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ । लामाको बुबाआमा, श्रीमती र पाँच छोरा रहेका छन् ।