आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

आज तराई–मधेस क्षेत्रमा होली पर्व मनाईंदै

गोकर्णेश्वर खबर४ चैत्र २०७८, शुक्रबार ०८:५९ मा प्रकाशित (२ साल अघि) ७६८ पाठक संख्या

४ चैत, काठमाडौं । तराई–मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो ।

सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ । तराई–मधेस क्षेत्रमा मनाईने होली भव्य र हर्सोल्लाहपूर्ण हुने गरेको छ । तराई–मधेसमा विशेष गरी नाचगान सहित रंग दलेर धुमधामका साथ होली मनाइन्छ ।