आज: ९ बैशाख २०८२, मंगलवार | Tue, 22, Apr, 2025

आजको मौसम : यी प्रदेशमा छ वर्षाको सम्भावना

गोकर्णेश्वर खबर२ चैत्र २०७८, बुधबार ०७:३३ मा प्रकाशित (३ साल अघि) ३८८ पाठक संख्या

काठमाडौँ – हाल बङ्गलादेश तथा आसपासका क्षेत्रको निम्न चापीय प्रणालीले नेपालमा पहाडी भूभागमा आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।