आज: २२ फाल्गुन २०८१, बिहीबार | Thu, 06, Mar, 2025

राप्रपा नेपाल हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७८, आईतवार ०७:४० मा प्रकाशित (२ साल अघि) ४०७ पाठक संख्या

२९ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्दै उनले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे।

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकाले यसको अन्त्यका लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे।