२६ फागुन, काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं. ७ दक्षिणढोकामा साँस्कृतिक कार्यक्रम आयोजना भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा हामी गर्छौं महिला समुहले साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नारि दिवसको अवसरमा मंगलबार आयोजित सांस्कृतिक कार्यक्रमको समुद्घाटन नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए । कार्यक्रममा महिलाहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भनें बाल नृत्य र सांस्कृतिक भजन पनि प्रस्तुत भएको थियो ।
कार्यक्रममा उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष केशव गुरुङ, वडा सदस्य विन्दा सापकोटा, राजु रानामगर, वडा नं. ५ का वडा सदस्य दुर्गा फूँयाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा उल्लेख्य संख्यामा महिला दिदिबहिनी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
हामी गर्छौं महिला समुहले महिलाहरुलाई सिलाईबुनाई लगायतका विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै आएको छ ।