आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

भेनस नेशनल कलेजले उत्कृष्ठ शिक्षा दिईरहेको छ : पेमा छिरि शेर्पा

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७८, सोमबार १०:२५ मा प्रकाशित (२ साल अघि) ५७७ पाठक संख्या

२३ फागुन, काठमाडौं । भेनस नेशनल कलेजका अध्यक्ष पेमा छिरि शेर्पाले कलेजले उत्कृष्ठ शैक्षिक वातावरणमा शिक्षा दिईरहेको बताएका छन् । अध्यक्ष शेर्पाले भेनस नेशनल कलेजले आज बीबीएस प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि आयोजना गरिएको ओरिएण्टेसन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेजले उत्कृष्ठ शैक्षिक वातावरण उपलब्ध गराउने बताए ।

त्यस्तै, भेनश नेशनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतमले गुणस्तरीय र व्यवहारिक पेशागत क्षमता अभिवृद्धिमूलक शिक्षालाई भेनशले प्राथमिकता दिने बताए । उनले विद्यार्थीको सफल भविष्य निर्माणका लागि कलेजले उत्कृष्ठ शिक्षा दिन कुनै कसर बाँकी नराख्ने बताए ।

जोरपाटी बेशीगाउँस्थित कलेज परिसरमा आयोजित ओरिएण्टेसन कार्यक्रममा विद्यार्थी तथा विभिन्न विद्यालय, कलेजका प्रतिनिधि, शिक्षाप्रेमी आदीको उपस्थिती रहेको थियो ।