आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

राष्ट्रिय जनमोर्चा (राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७८, सोमबार १७:०४ मा प्रकाशित (२ साल अघि) २२० पाठक संख्या

१६ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पु¥याएको उल्लेख छ ।

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पाँचदलीय गठबन्धनको निर्माण र निरन्तरतामा राजमोले जोड दिए पनि गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको पनि केसीले बताएका छन् ।