१५ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।
mcc-Interpretative-declaration-PDF (लिंकमा क्लिक गरी पिडिएफमा पढ्नु होस् )