१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई आजै अनुमोदन गर्ने भएको छ । आइतबारको पहिलो चरणको बैठक सैद्धान्तिक छलफल गर्दै सकिएको छ । अब दोस्रो चरणमा केही समय पछि ६ः३० बजे बस्ने बैठकमा एमसीसी निर्णयार्थ पेश गर्ने सरकारले तयारी गरेको छ ।
यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।
गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने एक मन्त्रीले बताए । आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।