आज: २२ फाल्गुन २०८१, बिहीबार | Thu, 06, Mar, 2025

‘व्याख्यात्मक घोषणा’ प्रति अमेरिका सकारात्मक, माओवादीको संसदीय दलमा एमसीसीको व्याख्यात्मक घोषणापत्र वितरण

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १४:०२ मा प्रकाशित (३ साल अघि) ५४४ पाठक संख्या

१५ फागुन, काठमाडौं । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ ।

यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।

काँग्रेसका एक नेता नेताका अनुसार नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ? भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ । संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुलाई ११ बुँदे व्याख्यात्मक घोषणापत्र बाँडिएको छ । बैठक जारी छ ।