आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

शुरु हुन थाल्यो नयाँ बानेश्वरमा प्रदर्शन

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७८, आईतवार १३:०० मा प्रकाशित (२ साल अघि) ३२५ पाठक संख्या

१५ फागुन, काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु हुन थालेको छ ।

एमसीसी सम्झौता आजै संसदबाट पारित हुने समाचार आईरहँदा नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शन शुरु भईसकेको छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न विभिन्न राजनीतिक समुह र दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् ।

संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम अन्र्तगत माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ विरोध प्रदर्शन अगाडी बढ्ने आयोजकले बताएका छन् । भातृ संगठन एमसीसी सम्झौताको विरोधमा सडकमा भए पनि माओवादी केन्द्रले एमसीसी पास गर्ने निर्णय आज बिहान गरिसकेको छ ।

बानेश्वरमा आज ४० भन्दा बढी राजनीतिक दलले एमसीसी विरुद्ध प्रदर्शन गर्ने  

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नारावाजी गर्दै संसद भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ । कार्यक्रम कोटेश्वरबाट विहान साढे ११ बजे सुरु हुने नेमकिपाले जनाएको छ ।

एमसीसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वर सहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजे माइतिघर मण्डमा भेला नयाँ बानेश्वरसम्म प्रशर्दन गरिन ती दलले जनाएका छन् ।

नेकपा माले सहित २२ दलिय मोर्चाले पुरानो वानेश्वरमा भेला भई नयाँ बानेश्वर पानिट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ ।

शाही शक्ति नेपाल, स्वतन्त्र नागरीक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् ।