आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

रुसले युक्रेनमाथी गरेको आक्रमणमा परी १३७ जनाको मृत्यु

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७८, शुक्रबार ०७:१० मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणबाट बिहीबार १३७ जना मानिसको मृत्यु भएको बताएका छन्।

मृत्यु हुनेमा सैनिक आम नागरिक पनि रहेका छन्।

जेलेन्स्कीले मानिसहरुलाई संगठित गर्न एक आदेश पनि जारी गरेका छन्।

उक्त आदेशअनुसार अनिवार्यरुपमा सेनामा भर्ती भएका र रिजर्भमा रहेका सैनिकलाई फिर्ता बोलाइएको छ। यो आदेश ९० दिनसम्म प्रभावकारी रहनेछ।

त्यस्तै युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसए)ले १८ देखि ६० वर्ष उमेर समूहका सबै पुरुषलाई देश छाड्नमा रोक लगाएको छ।

डीपीएसएले युक्रेनको सुरक्षाको प्रत्याभूति र आवश्यकता परे मानिसहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो कदम चालिएको उल्लेख गरेको छ।

यस किसिमको प्रतिबन्ध युक्रेनमा सैन्य कानुन लागू हुँदासम्मको लागि मात्र रहनेछ।