१२ फागुन, काठमाडौं । आज एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच नयाँ बानेश्वर क्षेत्रमा बेला बेलामा झडप भएको छ ।
जसले गर्दा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।
सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।