आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

अमेरिकी राष्ट्रपतिबाट रुसविरुद्ध प्रतिबन्धको घोषणा

गोकर्णेश्वर खबर११ फाल्गुन २०७८, बुधबार १३:१६ मा प्रकाशित (२ साल अघि) १७७ पाठक संख्या

११ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । पूर्वी युक्रेनमा छुट्टिएका दुई क्षेत्रहरूलाई मास्कोले स्वतन्त्रताको मान्यता दिँदै आफ्नो सेना पठाएपछि यसलाई रुसी आक्रमणको शुरुआत भन्दै बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् ।

मंगलबार सम्बोधनका क्रममा बाइडेनले लुहान्स्क र डोनेस्कको स्वतन्त्रतालाई मान्यता दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गरेका छन् । बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्धले दुई ठूला रुसी वित्तीय संस्थाहरूलाई लक्षित गरेको छ । रुसी सैन्य बैंक र एक अर्को ठूलो वित्तीय संस्थाले अब पश्चिमी मुलुकहरुबाट ऋण पाउन नसक्ने गरी प्रतिबन्ध लगाइएको हो ।

युरोपियन युनियनका २७ वटै मुलुकहरु प्रतिबन्ध लगाउन तयार 

युरोपबाटसमेत यी वित्तीय संस्थाहरुलाई ऋण मिल्ने छैन । युरोपियन युनियनका २७ वटै मुलुकहरु रुसी माथिल्लो सदनका ३५१ सदस्य र अन्य संस्थाहरुलाई लक्षित गर्दै प्रतिबन्ध लगाउन तयार भएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा तीन रुसी अर्बपतिसहित पाँच बैंकको सम्पत्ति रोक्का गरिएको घोषणा गरेका छन् ।

यस्तै क्यानाडा, जापान र अष्ट्रेलियाले पनि यस्तै निर्णय लिएको पुष्टि गरेका छन् । यस्तै जर्मनीले रुससँगको प्रमुख संयुक्त पूर्वाधार नोर्ड २ ग्यास पाइपलाइनको काममासमेत रोक लगाएको छ ।

पछिल्ला दिनहरुमा रुसले युक्रेनी सीमामा आफ्नो स्थिति अझै मजबुत बनाएको र आक्रमणको अन्तिम तयारीमा रहेको बताइएको छ । (एजेन्सीहरु)