आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने, नयाँबानेश्वरमा तनाव

गोकर्णेश्वर खबर८ फाल्गुन २०७८, आईतवार १४:०२ मा प्रकाशित (२ साल अघि) ३४५ पाठक संख्या

८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।