आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार ११:३९ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

४ फागुन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ ।

नेकपा एमालेका सांसद एवं कार्यव्यवस्था समिति सदस्य खगराज अधिकारीले पार्टीको कामको व्यस्तताले उक्त बैठकमा जान नभ्याइने बताएका छन् ।

सभामुख सापकोटाले बुधबार १ बजे बस्न लागेको बैठकको कार्यसूची तय गर्न साढे ११ बजे कार्यव्यवस्थाको बैठक बोलाएका छन् । आज कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।