आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

बाबुरामको तर्क : एमसीसीको विरोधी र समर्थक सत्तामासँगै बस्न नमिल्ने

गोकर्णेश्वर खबर४ फाल्गुन २०७८, बुधबार ०८:२४ मा प्रकाशित (२ साल अघि) १८१ पाठक संख्या

४ फागुन, काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताएका छन् ।

एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने उनको तर्क छ । उनले ‘भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो’ हुन्छ भनि टिप्पणी गरेका छन् ।

उनको तर्क छ- ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन सरकारमा बस्न मिल्दैन’, भट्टराईले ट्वीटरमा भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।