३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ ।
भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग
यसैगरी, आजै नेपाली कांग्रेसले पार्टीका विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको छ । मुस्लिम संघबाहेक अरु भ्रातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।