आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

सभामुखबाट एमसीसीका सम्बन्धमा आम सहमतिमा जोड

गोकर्णेश्वर खबर२ फाल्गुन २०७८, सोमबार १८:४८ मा प्रकाशित (२ साल अघि) ४४५ पाठक संख्या

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताएका छन् । सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न आग्रह गरेको बताए ।

संघीय संसद् सचिवालयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित चार घण्टाको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो हुने र सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताएका छन् ।

संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलफल गर्ने समझदारी भएको पनि सभामुख सापकोटाको भनाइ थियो । सभामुखको भूमिका अम्पायर र निर्णायकको भएको उनको भनाइ थियो । सभामुख सापकोटाले संसद् सञ्चालन गर्ने विषयमा जोड दिएका छन् ।