२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसेको हो ।
आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ । महाअभियोगको विषयमा पार्टीले साझा धारणा बनाउन छलफल भईरहेको छ र बैडकमा एमसीसीबारे पनि प्रश्न उठ्ने छ ।
सर्वदलीय बैठकको औचित्य छैन
यसैगरी, सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।
तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय वैठकको औचित्य नभएको भन्दै बैठकमा नजाने भएको हो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने जानकारी दिए।