आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

सभामुखद्वारा सोमबारका लागि सर्वदलीय बैठक आह्वान

गोकर्णेश्वर खबर१ फाल्गुन २०७८, आईतवार १८:४७ मा प्रकाशित (२ साल अघि) २१७ पाठक संख्या

१ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सो महाभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका डा. पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ रहेका छन् । यस्तै समर्थकमा नेपाली काँग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद छन् । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।