२६ माघ, काठमाडौं । नेपाल प्रहरीका ७ हजार भन्दा बढी जवानको सरुवा भएको छ । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको हो ।
स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको केही दिनमै प्रहरी जवानहरुको सरुवा भएकोले सुरक्षा व्यवस्था मिलाउन सरुवा भएको हुन सक्ने विज्ञहरुले बताएका छन् ।