आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

एमसीसी सम्झौताको विरोधमा माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन

गोकर्णेश्वर खबर२३ माघ २०७८, आईतवार ०९:१० मा प्रकाशित (२ साल अघि) ४८८ पाठक संख्या

२३ माघ, काठमाडौं । एमसीसी सम्झौताको विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन गर्ने भएका छन् । राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले २६ माघको जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले ४ बुँदे निर्णय समेत गरेको छ ।

अहिले नेपालमा एमसीसी सम्झौताको विरुद्धमा  विरोधका कार्यक्रमहरु बढ्दै गएका छन् । विभिन्न समयमा केही दिनमा, केही हप्तामा सम्झौता हुने हल्लाका बीचमा त्यसको विरोधमा सडक तथा सामाजिक सञ्जालमा विरोध अभियानहरु तिव्र भईरहेका छन् ।

फागुन १६ गते सम्ममा सम्झौता संसदबाट पास नभए फिर्ता जाने कुरा आईरहँदा सरकारले एमसीसी सम्झौता संसदमा निर्णयार्थ पेश गर्न सक्ने आशंकाका बीच विभिन्न समुहको नाममा विरोध कार्यक्रमह्ररु भईरहेका छन् ।