आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमालेले फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार २०:१६ मा प्रकाशित (२ साल अघि) ३४२ पाठक संख्या

१३ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई नेकपा एमालेले कारवाही गर्ने जनाएको छ ।

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ ।’