आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मौसम : भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना

गोकर्णेश्वर खबर५ माघ २०७८, बुधबार १२:०० मा प्रकाशित (२ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले आज बिहान तराईका थोरैजसो स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

महाशाखाका अनुसार आज मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बिहीबार भने देशभरको मौसम बदली रहनेछ। हरेक प्रदेशका थोरै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।