आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

एमालेको ६३ जिल्ला र २ विशेष जिल्लामा नेतृत्व चयन

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार १८:२० मा प्रकाशित (२ साल अघि) ३४६ पाठक संख्या

४ माघ, काठमाडौं । नेकपा (एमाले) को ६३ जिल्ला र २ विशेष जिल्ला नेतृत्व चयन भएका छन् । मंगलबार अपराह्नसम्म ६३ जिल्ला र २ विशेष जिल्लाको अधिवेशनबाट नेतृत्व चयन भएको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी रहेको र धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछन् ।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका केन्द्रीय कमिटी सदस्य रहेका छन् । पुस २३ गते एमालेले ६१ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन एकै पटक सुरु गरेको थियो ।