३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले नारायणहिटीमा निर्माण गरेको भौतिक संरचनाको निरिक्षण गरेका छन् ।
मन्त्री आलेले बतास समुहले मनोमानी निर्माण गरेको चर्को आलोचना भएको नारायण परिसरको निरिक्षण गरेका हुन् ।
मन्त्री आलेकै निर्देशनमा बतासले अनधिकृत रुपमा बनाएको भन्दै विवादित भएका संरचनाहरु भत्काई सकिएको छ ।