आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

उत्तर कोरियाले फेरि गर्‍यो दुईवटा मिसाइल प्रहार

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०९:२१ मा प्रकाशित (२ साल अघि) ४४२ पाठक संख्या

एजेन्सी । उत्तर कोरियाले सोमबार बिहान थप दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ ।

उत्तर कोरियाले राजधानी प्योङयाङबाट सोमबार छोटो दूरीमा मार हान्ने दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाको भनाइ छ।

उत्तरले कोरियाले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ ।

सन २०२२ सुरु भएसँगै उत्तर कोरियाले दुईवटा हाइपरसोनिक मिसाइल प्रहार गरिसकेको छ ।

यस्तै गएको शुक्रबार छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलको जोडी परीक्षण गरेको थियो ।