२७ पुष, काठमाडौं । काठमाडौँ उपत्यकामा तीन जिल्लामा मंगलबादेखि १२ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।
फाइजर र मोडेर्नाको खोप बालबालिका तथा किशोरकिशोरीलाई प्रदान गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयले सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो ।