२५ पुष, काठमाडौं । नागरिकताविहीन नागरिक संघर्ष समिति नवलपरासीले आइतबार माइतीघरमा प्रदर्शन गरेको छ ।
जन्मसिद्ध र एकल आमाको नामबाट नागरिकता पाउनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको हो ।
माइतीघरबाट शुरू भएको प्रदर्शन नाराबाजीसहित बानेश्वर पुगेको थियो ।