आज: २६ फाल्गुन २०८१, सोमबार | Mon, 10, Mar, 2025

बतासले होटल संचालन गरेको पशुपतिको धर्मशालाको युवा संघको अनुगमन

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १५:४७ मा प्रकाशित (३ साल अघि) ४३७ पाठक संख्या

२४ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले पशुपति क्षेत्रमा रहेको धर्मशालाको अनुगमन गरेको छ । भारत सरकारले तीर्थ यात्रीका लागि बनाईदिएको धर्मशालामा होटल खोलेको विषयमा विवाद बढ्दै जाँदा शनिबार युवा संघ नेपालले अनुगमन गरेको हो ।

युवा संघले गठन गरेको ‘सार्वजनिक सम्पत्तिको दुरुपयोग विरुद्ध युवा दबाब तथा अध्ययन समिति’ले आज बतास समुहले धर्मशाला सञ्चालन गरेको होटल आनन्दको अनुगमन गरेको छ ।

एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्थ, केन्द्रीय सदस्य एवं संघका अध्यक्ष नरेश शाही, इन्चार्ज, पदाधिकारीका साथै समितिका संयोजक एवं संघका उपमहासचिव तथा प्रवक्ता सञ्जिप राई सहितको टोलीले अनुगमन गरेको हो ।

पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र बिकाश कोषको धर्मशाला बतास ग्रुपले ब्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका विभिन्न स्थानहरुमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको बिषयमा संघले राज्यको गम्भिर ध्यानाकर्षण गर्नका लागि अनुगमन गरेको बताएको छ ।