आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

नेकपा एमालेको काठमाण्डौ अधिवेसनको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १९:५४ मा प्रकाशित (३ साल अघि) १२२० पाठक संख्या

२२ पुष, काठमाडौँ । पुष २३ र २४ गते हुन गईरहेको नेकपा (एमाले) काठमाडौंको छैठौं अधिवेशनको प्रचारप्रसारका लागि काठमाडौंमा मोटरसाइकल र्याली गरिएको छ ।

काठमाडौंको चुच्चेपाटीबाट शुरु भएको मोटरसाइकल र्याली बौद्ध, जोरपाटी, गोकर्ण, सुन्दरीजल, भद्रबास, थली हुँदै मुलपानी क्रिकेट मैदानमा पुगेर समापन भएको थियो ।

मुलपानीस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई दिन सम्म चल्ने नेकपा (एमाले)को छैटौं काठमाडौं जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरिएको मोटरसाइकल र्याली नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, विद्यासुन्दर शाक्य सहित उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।