आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २८ गते बस्ने

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०८:१८ मा प्रकाशित (३ साल अघि) १६४ पाठक संख्या

२२ पुष, काठमाडौं । आज पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद्को सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका छन् ।