आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

समाजवादी परित्याग गरेर एमालेमै फर्किए शंखरापुर-२ का वडा अध्यक्ष लामा

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०७:४७ मा प्रकाशित (३ साल अघि) ३६५ पाठक संख्या

काठमाण्डौ । शंखरापुर नगरपालिका वडा नं २ का अध्यक्ष जीवन लामा नेकपा (एकीकृत समाजवादी) परित्याग गरेर एमालेमा फर्किएका छन। नेकपा एमाले विभाजनको समयमा नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

पौष २० गते एक बिज्ञप्ति जारी गर्दै लामाले नेकपा (एकीकृत समाजवादी) ले कम्युनिट आन्दोलनलाई गन्तव्यमा पुर्याउन नसक्ने भन्दै जनताको बहुदलीय जनवादलाई आत्मसाथ नगरेको सो पार्टी परित्याग गरेर नेकपा एमालेमै फर्किएको जानकारी दिएका छन।

लामाले नेकपा एमालेको विधानको अधिनमा रहेर सक्रिय रहने प्रतिवद्त्ता समेत व्यक्त गरेका छन ।

लामाले जारी गरेको बिज्ञप्ति