आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मासिक १०० अभियान नेपालबाट शंखरापुरका ६ जनालाई छात्रवृत्ति प्रदान

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार २०:२३ मा प्रकाशित (३ साल अघि) ५५५ पाठक संख्या

२१ पुष, काठमाडौं । “मासिक १०० अभियान नेपाल” ले शंखरापुर नगरपालिका स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका ६ जना बाल बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि विद्यालय प्रशासनबाट आर्थिक सहयोगका लागि प्राप्त भएको पत्र अनुसार मासिक शुल्क, विद्यालय पोशाक तथा भर्ना स्वरुप २० हजार सहयोग गरेको अभियानले जनाएको छ ।

अभियानले विभिन्न विद्यालय तथा बालबालिकाहरुको हक-हितको लागि खोलिएको संस्थाहरुमा बाल बालिकाहरुको शैक्षिक बिकासको लागि हाल सम्म २३८ जना लाई प्रत्यक्ष रूपमा सहयोग गरिसकेको जनाएको छ ।

संस्थाका अध्यक्ष सन्जय पोखरेलले संस्थामा आबद्ध सदस्यहरुको मासिक १०० दानले गर्दा नै आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई सहयोग गर्न सकेकोमा सहयोगीहरु सबैलाई विशेष धन्यवाद समेत दिएका छन् ।

पोखरेलले सहयोग गर्ने अवसर दिएकोमा विद्यालय परिवारलाई समेत धन्यवाद दिदै छात्रवृत्तिलाई निरन्तरता दिने घोषणा समेत गरेका छन् भनें विद्यार्थीहरुलाई असल मान्छे बनेर समाज रुपान्तरणको लागि काम गर्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना समेत दिए ।