आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

चन्द्रागिरि,फुलचोकीलगायत स्थानमा हिमपात (तस्बिरहरू)

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार ०९:१६ मा प्रकाशित (३ साल अघि) १४५ पाठक संख्या

काठमाडौं । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद्को भनाई छ ।

काठमाडौंको हालको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।

बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।