आज: २५ फाल्गुन २०८१, आईतवार | Sun, 09, Mar, 2025

देशभर वर्षा,काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा हिमपात

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार ०८:०९ मा प्रकाशित (३ साल अघि) १४४ पाठक संख्या

काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ ।

काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।