आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

फाइजर खोप अभियान स्थगित

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १७:५४ मा प्रकाशित (३ साल अघि) ३५६ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान स्थगित भएको छ । सिरिन्जको अभावमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरिएको फाइजरको खोप अभियान नेपालमा स्थगित भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिरिन्ज अभावमा खोप अभियान अनिश्चित समयको लागि रोकिएको हो । शुक्रबार सिरिन्ज आएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप लगाउने तयारीमा मन्त्रालय थियो ।

खोप राष्ट्रिय कार्यक्रमका संयोजक सागर दाहालका अनुसार भेरोसेल, अस्ट्राजेनेका, मोर्डना र जोन्सन खोप अभियान चाहिँ निरन्तर हुनेछन् । फाइजर खोपका लागि ०।३ एमएलको सिरिन्ज आवश्यक पर्छ ।

कोभ्याक्स संयन्त्रमार्फत शुक्रबार नेपालले ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो । खोपसँगै सिरिन्ज नआउने भएकाले समस्या भएको मन्त्रालयले जनाएको छ ।